Skip to main content

Elite News Nepal

नेपाली खेलाडी

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

काठमाडौं— नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई विशेष रूपमा सम्मान गरेको छ। विश्व कराते महासंघ (WKF)को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न "डब्लुकेएफ कराते वान सिरिज ‘ए’" मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। एरिकाले महिला कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले पहिलो चरणमा ट्युनिसियाकी मसाक्नी टेस्निम, दोस्रो चरणमा चेक रिपब्लिककी हाकोभा अमाली, र फाइनलमा पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। सेमिफाइनलमा उनले अमालीलाई ७–० को फराकिलो अन्तरले हराएकी थिइन् भने फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो…
Read More
पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा नेपाली क्योकुसिन कराते टोलीलाई विशेष बिदाइ

पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा नेपाली क्योकुसिन कराते टोलीलाई विशेष बिदाइ

काठमाडौं– चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान गर्ने भएको छ। नेपालका तर्फबाट कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म जापानको सेन्डाइ र फुकुओकामा आयोजना हुनेछ, जहाँ नेपालका खेलाडी फुकुओकामा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीमा नेपाल क्योकुसिन कराते (ईको) संघका अध्यक्ष दमन बस्नेत, महासचिव संगीत बस्नेत, र प्रशिक्षक रोशन कपाली छन्। साथै, अध्यक्ष बस्नेत निर्णायकको रूपमा पनि भूमिका निर्वाह गर्नेछन्। मंगलबार आयोजित बिदाइ कार्यक्रममा कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले करातेका केही डेमोन्स्ट्रेशन प्रस्तुत गरे। उनीहरूको उत्कृष्ट प्रदर्शनले उपस्थित दर्शक तथा अतिथिहरूलाई प्रभावित…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल