Skip to main content

Elite News Nepal

क्रिकेट अपडेट

नेदरल्याण्ड्सद्वारा नेपाल फेरि पराजित, लगातार तेस्रो हार

नेदरल्याण्ड्सद्वारा नेपाल फेरि पराजित, लगातार तेस्रो हार

माघ २०, २०८१. काठमाडौं –  महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको चौथो खेलमा नेपालले नेदरल्याण्ड्ससँग १५ रनको हार बेहोरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा १४०/९ रन बनायो। जवाफमा नेपालले १२५/८ रन मात्र बनाउन सफल भयो। नेदरल्याण्ड्सका कप्तान बाबेटे डे लीडेले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा ४१ रन बनाइन्। फिबे मोल्केनबोर ले २१ रन, रोबिन रिज्के ले २१ रन र हेदर स्लेजर्स ले २६ रन ले टिमलाई बलियो स्कोरसम्म पुर्‍याए। नेपालका बलरहरू मध्ये सीता राना मगर चम्किइन्, जसले ३ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट लिँदा, इन्दु बर्मा र कबिता जोशीले समान…
Read More
नेपाललाई दोस्रो हार, थाइल्याण्ड ४ विकेटले विजयी

नेपाललाई दोस्रो हार, थाइल्याण्ड ४ विकेटले विजयी

काठमाडौं, माघ १९ – त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा, नेपालले पहिलो ब्याटिङ गर्दै १०१ रन ९ विकेटको क्षतिमा २० ओभर पूरा गर्यो, जसलाई थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाउँदै १०२ रन बनाएर पूरा गर्यो।   नेपालको सुरुवात निकै कमजोर रह्यो। सम्झना खड्काले २ बलमा ० रन बनाई आउट भइन्, भने ममता चौधरीले ७ बलमा २ रन मात्र बनाउन सकिन्। कप्तान इन्दु बर्माले १७ बलमा १५ रन जोडिन्। पुजा महतोले ८ बलमा ६ रन, रुबिना क्षेत्रीले १३ बलमा ४ रन, सिता राना मगरले ४ बलमा २…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल