Elite News Nepal

तेजस्वी र केभीकेएसएस फाइनलमा

Advertisement

काठमाडौं। आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले मानसिंहलाई २४–२२ को झीनोअन्तरले पराजित गर्यो । तेजस्वीकी एस्थर बरुवालले ८ अंक जोडिन् । अर्को सेमिफाइनलमा केभीकेएसएसले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २२–१४ ले हरायो । केभीकेएसएसकी मुस्कान मितोकले १२ स्कोर गरिन् ।

ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन् । ह्वाइट हेभेनले हिमालयलाई ५१–३९ ले पाखा लगायो । ह्वाइट हेभेनका राहुल सुनारले १५ अंक बटुले । संस्कृति शिक्षा सदन विरुद्धको खेलमा एन्जल्स हार्ट ४५–३६ ले विजयी भयो । एन्जल्स हार्टका लागि रुपेश पौडेलले २१ स्कोर गरे ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल