Skip to main content

Elite News Nepal

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

Advertisement

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यससंगै समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो लाग्यो । शत प्रतिशत जित निकालेको अक्षरा ६ अंकसाथ समूह विजेता भयो । २ मा जित र १ मा हार व्यहोरेको ग्यालेक्सी ४ अंकसहित समूह उपविजेता बन्यो ।

कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा अक्षराले ग्यालेक्सीलाई ४७ रन, आयोजक मातृभूमि स्कुललाई २५ रन र सहारा राष्ट्रिय विद्यालयलाई ९ विकेटले पराजित ग¥यो । ग्यालेक्सीले मातृभूमिलाई ९ विकेट तथा सहारालाई ३८ रनले हरायो । सान्त्वना जित हात पारेको मातृभूमिले सहारालाई ४३ रनले पाखा लगायो ।

शुक्रबार समूह ‘ए’ को सबै लिग खेल हुनेछ । त्यस दिन विनायक र जनप्रेमी, ग्लोबल र जनप्रेमी, विनायक र ग्लोबल, जनप्रेमी र जेम्स, जेम्स र ग्लोबल तथा जेम्स र विनायकबीच खेल समाप्तिसंगै सेमिफाइनल समीकरण तयार हुनेछ ।

प्रतियोगितामा ८ छात्र टिम सहभागी छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल