10
Apr
काठमाडौं — होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको यु–१९ उपाधि जित्दै बिहीबार च्याम्पियन बनेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा हिमालले ब्वाइज सिंगल्स फाइनलमा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६–११, ११–६, ११–९ र ११–६ को सेटमा पराजित गरे।गल्र्स सिंगल्सतर्फ इभानाले एभीएमकै वियंका राईमाथि ७–११, ११–१, ११–७ र ११–९ को शानदार जित निकाल्दै उपाधि चुमिन्। भेट्रान ४० वर्षमाथिको पुरुष सिंगल्समा खोल्छा पुखु क्लबका समिप श्रेष्ठ विजयी बने। उनले फाइनलमा इखाछें स्पोर्ट्स क्लबका मुकेश महर्जनलाई ११–९, ९–११, ११–९ र ११–५ ले हराउँदै शीर्ष स्थान हात पारे। यसअघि सम्पन्न यु–१५…
