04
Apr
काठमाडौं – काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने तेक्वान्दो पुम्से सेमिनार शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा सम्पन्न उक्त सेमिनारमा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा मुख्य प्रशिक्षक तथा अस्मिता खड्का सहायक प्रशिक्षकका रूपमा थिए। सेमिनारमा १०१ जना प्रशिक्षकहरू सहभागी भएका थिए। काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार सेमिनारले प्रशिक्षकहरूको सीप अभिवृद्धि गर्दै तेक्वान्दो खेलको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ। समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
