Skip to main content

Elite News Nepal

Day: February 28, 2025

गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, सेना, कर्णाली र एपीएफ सेमिफाइनलमा

गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, सेना, कर्णाली र एपीएफ सेमिफाइनलमा

चितवन– प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, र सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेका छन्। भरतपुरको कृष्णपुर खेलमैदानमा शुक्रबार सम्पन्न लिग चरणपछि लुम्बिनी प्रदेश, मधेस प्रदेश, र गण्डकी प्रदेश लिग चरणबाट बाहिरिएका छन्। गोर्खाली रग्बी क्लबद्वारा आयोजित यो पहिलो रग्बी सेभेन्स प्रतियोगितामा विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगिताको रौनक थप बढाएको छ। सात टोली सहभागी प्रतियोगिता दुई समूहमा विभाजित गरी खेलाइएको थियो। समूह ‘ए’ बाट आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरे भने समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र एपीएफले अन्तिम चारको यात्रा तय गरे। समूह ‘ए’ मा गोर्खाली रग्बी क्लबले उत्कृष्ट…
Read More
तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता नखिपोटमा

तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता नखिपोटमा

काठमाडौं – नखिपोट युथ क्लबको आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित क्लबकै कभर्डहलमा सञ्चालन हुने भएको छ। प्रतियोगिता नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा सम्पन्न हुनेछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्। आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूका अनुसार प्रतियोगितामा करिब २७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको छ। यस प्रतियोगितामा पुरुष सिंगल्स, महिला सिंगल्स, यू–१७ पुरुष सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स, र ४५ वर्षमाथिका भेट्रान पुरुष सिंगल्स गरी कुल ६ स्पर्धा समावेश छन्। क्लबका कोषाध्यक्ष सुजन राईका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार…
Read More
निजी विद्यालयले सामुदायिक विद्यालयको गुणस्तर घटाउँदैन :गृहमन्त्री लेखक

निजी विद्यालयले सामुदायिक विद्यालयको गुणस्तर घटाउँदैन :गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूको स्थापनाले सामुदायिक विद्यालयहरूको गुणस्तरमा असर नपर्ने बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सार्वजनिक शिक्षा सुधारका लागि निजी विद्यालयहरूलाई निषेध गर्नु समाधान नहुने स्पष्ट पारे। गृहमन्त्री लेखकले शिक्षा क्षेत्रको सुधार सरकारको दायित्व रहेको बताउँदै भने, ‘निजी वा आवासीय विद्यालयहरूको स्थापना हुँदा सामुदायिक विद्यालयको स्तर घट्छ भन्ने सोच सही होइन। ती विद्यालयहरू हटाएर मात्र सार्वजनिक शिक्षाको गुणस्तर बढ्दैन। सरकार शिक्षालाई पारदर्शी र नीतिगत स्पष्टताका साथ अघि बढाइरहेको छ।’ उनले थपे, ‘राज्यले सामुदायिक विद्यालयहरूको सुदृढीकरण, निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित…
Read More
नेशनल प्याब्सनको आठौं महाधिवेशन सुरू

नेशनल प्याब्सनको आठौं महाधिवेशन सुरू

काठमाडौं, फागुन १६ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं महाधिवेशन आजदेखि काठमाडौंको तिलगंगास्थित होटल बेष्ट वेस्टर्न प्लसमा सुरू भएको छ। महाधिवेशनको उद्घाटन समारोहमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि रहनुहुने छ। महाधिवेशनका संयोजक सुवास न्यौपानेका अनुसार देशभरका निजी विद्यालयका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनले महाधिवेशन दुई दिनसम्म जारी रहने र यस दौरान शिक्षा क्षेत्रमा देखिएका विविध चुनौती तथा समाधानका उपायबारे व्यापक छलफल हुने जानकारी दिए। महाधिवेशनमा निजी विद्यालयहरूको भविष्य, सरकारी नीतिहरू, कानुनी सुधार तथा विद्यालय सञ्चालनका मापदण्डबारे छलफल हुनेछ। शिक्षामा गुणस्तर वृद्धि, आधुनिक शिक्षण विधि, पाठ्यक्रम सुधार र डिजिटल शिक्षाको…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल