20
Jul
०५, श्रावण काठमाडौं। पहिरोले त्रिशुली नदीमा खसाएको दुई बस र त्यसमा भएकाे यात्रुहरुको खोजतलास तथा उद्धार कार्यमा सहयोग गर्न भारत बाट भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स नामक उद्धार टोली आएको छ। फोर्सको १२ सदस्यकाे उद्धार टोली र नेपालका सुरक्षा निकायको टोलीसहित खोजतलास काे कार्य झन तीव्र गतिमा सुरु हुनेभएको छ। भारतीय टोलीमा ४ गोताखोर र अन्य ८ प्राविधिक रहेकाे र शो टोलीले खोजतलास काे कार्यमा ७ दिन सम्म सहयोग गर्ने छन भने टोलीसँग ३ वटा सोनार क्यामेरा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन। गत शुक्रवार असार २८ मा पहिरोले दुई बसमा ६५ जना यात्रु मध्य ६२ जना लाई नदीमा खसालेको थियो…