Skip to main content

Elite News Nepal

डिएसपी हुँ भनी ठगी गर्ने नक्कली प्रहरी पक्राउ।

Advertisement
Photo Credit: Nepal Police

 

श्रावण ०५, काठमाडौं। कहिले नक्कली डाक्टर त कहिले नक्कली इन्जिनियर भनी सोझा साझा जनतालाई ठगी गर्ने व्यक्तीहरु पक्राउ परिरहेको नै हुन्छन तर नक्कली प्रहरी त्यै माथी डिएसपी दर्जाको व्यक्ती अहिले नेपाल प्रहरीको फन्दामा परेको छ।

जिल्ला दैलेख नारायण नगरपालिका वडा नंं ५ बस्ने वर्ष ३० नैन सिंह बि.क ले विगत ३ महिना देखी बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सि.आइ.बी प्रहरीको र राष्ट्रिय अनुसन्धानकाे डिएसपी हुँ भनी आफूलाई नविन शाही नाम भनी चिनाउँदै आएका थिए।कार्यालयको प्रमुख र कर्मचारीहरु सँग भेटने कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेका सूचना प्राप्त भएपछि निजको खोजतलास गर्दै जाने क्रममा मिति २०८१/०४/०१ गते बाँके, कोहलपुर नगरपालिका वडा नंं ११ एन.टी.भी रोड स्थित नेपाल प्रहरी, जिल्ला प्रहरि कार्यालय, बाँके बाट खटिएको टोलीले निजलाई फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।

निज नविन शाही भनिने नैन बि.क ले अन्यत्र डिएसपी हुँ भनी कसैलाई ठगी गरेकी भए इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके मा जानकारी गराउन काे लागि जिल्ला प्रहरी कार्यालय, बाँके ले अनुराेध गरेको छ।
श्रोत: नेपाल प्रहरी
Source: Nepali Police

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल