Skip to main content

Elite News Nepal

१२ जना भारतीय उद्धार टोली त्रिशूलीमा प्रवेश

Source: Nepal Army
०५, श्रावण काठमाडौं। पहिरोले त्रिशुली नदीमा खसाएको दुई बस र त्यसमा भएकाे यात्रुहरुको खोजतलास तथा उद्धार कार्यमा सहयोग गर्न भारत बाट भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स नामक उद्धार टोली आएको छ। फोर्सको १२ सदस्यकाे  उद्धार टोली र नेपालका सुरक्षा निकायको टोलीसहित खोजतलास काे कार्य झन तीव्र गतिमा सुरु हुनेभएको  छ।
भारतीय टोलीमा ४ गोताखोर र अन्य ८ प्राविधिक रहेकाे र शो टोलीले खोजतलास काे कार्यमा ७ दिन सम्म सहयोग गर्ने छन भने टोलीसँग ३ वटा सोनार क्यामेरा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन।
Advertisement

गत शुक्रवार असार २८ मा पहिरोले दुई बसमा ६५ जना यात्रु मध्य ६२ जना लाई नदीमा खसालेको थियो भने ३ जना यात्रुले बस बाट जसोतसो गरी हामफालेर आफ्नो ज्यान सुरक्षित गरेका थिए।

अहिले सम्म उद्धारमा खटिएका टोलीहरुले २५ वटा शव भेटाएको छ र अन्य ३७ जना यात्रुहरुको खोजीकार्य भइरहेको छ। भेटिएका शव मध्य ८ काे पहिचान अझै हुनसकेको छैन भने १७ यात्रुहरुको शव पहिचान पछ्यात आफन्तहरूले बुझिलिएको डिएसपी भेशराज रिजालले जानकारी दिएका छन।

हालसम्म भेटिएको शव मध्य ४ जना भारतीय नागरिक भएकाे पुष्टि भएको छ भने अझै ५ जना भेटिएको छैन। दुर्घटनामा ९ जना भारतीय नागरिकहरु परेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल