Skip to main content

Elite News Nepal

प्रमुख समाचार

रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

चैत्र २७ घोराही दाङ हरि वहादुर वली / रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री भएका छन । जनयुद्धको केन्द्र रोल्पाबाट एमाले र माओवादीको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका वर्षमान पुन यसअघी नै अर्थमन्त्री नियुक्त भइसकेका छन । । माओवादी उपमहासचिवसमेत रहेका उनी चौथो पटक मुलुकको बागडोर सम्हाल्दै अर्थमन्त्री भएका छन् ।एक वर्ष बढी उपचारपछि उनी स्वास्थ्य लाभ गरी सक्रिय राजनीतिमा फर्केका छन् । अर्थ मन्त्रालयको दोस्रो इनिङस्को रुपमा मुलुकको आर्थिक वृद्धि गरी मुलुकलाई ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् । सरकारले समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य उद्देश्य राखेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर…
Read More
अरुण–३आयोजना निर्माणतीव्रताका साथअगाडि बढाउन निर्देशन

अरुण–३आयोजना निर्माणतीव्रताका साथअगाडि बढाउन निर्देशन

काठमाडौं– अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन…
Read More
नागरिक उन्मुक्ति पार्टीकाे द्धन्द सतहमा बैठकमै हात हालाहाल

नागरिक उन्मुक्ति पार्टीकाे द्धन्द सतहमा बैठकमै हात हालाहाल

नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला नेताबीच हात हालाहाल भएको हो। नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समितिलाई आधिकारिक मानिएको छ। यता रेशम पक्षका नेताले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछिहात हालाहालको स्थिति आएको नेता रामलाल डगौरा थारूले जानकारी दिए।
Read More
सुनचाँदीकाे मुल्यमा नयाँ रेकर्ड

सुनचाँदीकाे मुल्यमा नयाँ रेकर्ड

काठमाण्डौ – नेपाली बजारमा सुनकाे भाउमा फेरि नयाँ रेकर्ड बनेकाे छ । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि गएकाे शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा रेकर्ड बनेकाे थियाे । रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी १० रुपैयाँले बढेर १…
Read More
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । नगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। नयाँ मूल्य सोमबार बिहान एक बजेबाट लागू हुने छ । इन्डियन आयल कर्पोरेशन आइओसीबाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। भने डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर पठाएको छ। तर निगम ग्यासमा घाटा भएकाले ग्यासको भाउ यथावत राखेको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।
Read More
भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भयाे  प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भयाे प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्’ ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’ नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट…
Read More
हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट

हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट

काठमाण्डाै – धादिङ, गोरखालगायतका जिल्लामा हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने धेरैजसो गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँका दिनेश तामाङले बताउनुभयो । हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौलगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्‍याएर अर्काे बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताउनुभयो । फागुनको पहिलो हप्तादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ । असिनाका कारण भित्र्याउने बेला भएको गहुँ र जौ नष्ट गरेको गोरखाको…
Read More
नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

काठमाण्डौ – चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजो तिब्बतको राजधानी ल्हासा पुग्नुभएको छ । ल्हासामा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवम् सरकार प्रमुख वाङ झुङहेङसँग भेटवार्ता गर्नुभएको छ । भेटमा सीमावर्ती क्षेत्रका समस्याबारे छलफल भएको छ । उहाँले  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको…
Read More
आजदेखी माैसम क्रमिक  रुपमा सुधार हुदै

आजदेखी माैसम क्रमिक रुपमा सुधार हुदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी  भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ । काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ । आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ । आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान…
Read More
देशका पहाडी भुभागमा बर्षाकाे सम्भावना

देशका पहाडी भुभागमा बर्षाकाे सम्भावना

- देशका पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी निम्न चापीय प्रणाली कारण आज काठमाण्डौ उपत्यकाका केही ठाउँमा क्षणिक रुपमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाको मौसम बदली रहे पनि सबैजसो ठाउँमा भने पानी पर्ने सम्भावना छैन । आजभन्दा भोलि काठमाण्डौ उपत्यकामा निम्न चापीय प्रणालीको प्रभाव बढि पर्ने मौसमविद् अधिकारीले बताउनु भयो । अहिले पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै ठाउँमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा मधेस प्रदेशलगायत देशका पहाडी भेगका…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल