Elite News Nepal

सेमिफाइनल

थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

बागमती । सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो। थ्री स्टारका खेलाडीहरूले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै सुशील राईले थ्री स्टारलाई अग्रता दिलाए भने १७औं मिनेटमा नवीन लामाले गोल गर्दै टिमको पकड बलियो बनाए। २४औं मिनेटमा विदेशी खेलाडी फोफनाले गोल थप्दै खेलको गति तीव्र बनाए। ३४औं मिनेटमा थ्री स्टारले थप एक गोल गर्दै हिमालयन शेर्पालाई पूर्ण रूपमा दबाबमा राख्यो। खेलको म्यान अफ द म्याच…
Read More
मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

इटहरी – १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोलको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो। मच्छिन्द्रका लागि खेलको ३१औं मिनेटमा मलिक बामिदेले युसुफको उत्कृष्ट गोल नै टिमको जितका लागि निर्णायक बन्यो। झापा ११ ले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउने अवसर गुमाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। प्रतियोगिता अन्तर्गत मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल भिडन्त हुनेछ। इटहरी रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ…
Read More
चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

बागमती– सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा चर्च व्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो। टाइब्रेकरमा चर्च व्वाइजका अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे। त्रिभुवन आर्मीका तर्फबाट विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्रसिंह थापाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई…
Read More
चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याए।   खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल