Elite News Nepal

नेपाली सिनेमा

‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर सम्पन्न, आजदेखि देशभर प्रदर्शन

‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर सम्पन्न, आजदेखि देशभर प्रदर्शन

काठमाडौं – नेपाली चलचित्रप्रेमीहरूका लागि प्रतीक्षित फिल्म ‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ। मंगलबार राजधानीको क्यूएफएक्स लाबिम हलमा आयोजित ग्राण्ड प्रिमियर समारोहमा नेपाली फिल्म उद्योगका चर्चित कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि ‘फेरि रेशम फिलिली’ देशभर प्रदर्शनमा आएको छ। २०१५ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘रेशम फिलिली’ को सिक्वेलका रूपमा आएको यो चलचित्रलाई निर्देशक निरोज महर्जनले निर्देशन गरेका छन्। चलचित्रमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। फिल्मले अमेरिका सपनासँग…
Read More
नेपाली चलचित्र ‘होस्टेल ३’ फागुन २३ गतेदेखि हलमा, ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘होस्टेल ३’ फागुन २३ गतेदेखि हलमा, ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रप्रेमीहरूका लागि प्रतीक्षित ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो। सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र फागुन २३ गते देशभर प्रदर्शनमा आउनेछ। कलेज र होस्टेल जीवनका रमाइला तथा चुनौतीपूर्ण क्षणलाई दर्शाउने ट्रेलरले युवा पुस्तालाई विशेष रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ। चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिँदा आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ…
Read More
केशव पाण्डेको डेब्यु निर्देशन ‘११:५५’ को पोस्टर सार्वजनिक

केशव पाण्डेको डेब्यु निर्देशन ‘११:५५’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी चैत्र ८ गते प्रदर्शनमा आउने नेपाली क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ (Do Not Trust Anyone) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। बुधबार सिनेमाका मुख्य पाँच पात्रहरूको लुक्स सार्वजनिक गरिएको हो। यस सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, र नवअभिनेता सागर खनाल मुख्य भूमिकामा छन्। पोस्टरमा उनीहरूलाई उनीहरूले निर्वाह गर्ने चरित्रअनुसार प्रस्तुत गरिएको छ, जसले सिनेमाको रहस्यात्मक पक्ष झल्काउँछ। डेब्यु निर्देशक केशव पाण्डे द्वारा निर्देशित यस सिनेमामा एमएस अग्रज र शेखर ज्ञवाली को सहलेखन रहेको छ। क्राइम थ्रिलर विधामा निर्माण भएको यो चलचित्रको संगीत अल्मोडा राना उप्रेती ले तयार गरेका छन् भने, कोरियोग्राफी कबिराज गहतराज, द्धन्द्व…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल