17
Nov
काठमाडौं- नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने एशियन डजबल च्याम्पियनसिप–२०२५ मा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने यस महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुने उद्देश्यले १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलवार मलेसिया प्रस्थान गर्दैछ। यो सहभागितालाई नेपाली डजबल खेलको इतिहासमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले बिदाइ समारोहमार्फत शुभकामना सहित बिदाइ गरेका थिए। उनले पहिलो ऐतिहासिक सहभागिताले नेपालमा डजबल खेलको वृद्धि, लोकप्रियता र अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। प्रतियोगिताका लागि नेपाली टोलीलाई विभिन्न निजी क्षेत्रका संस्थाहरूले सहयोग गरेका छन्। जर्सी…
