04
May
काठमाडौं । निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने बहुप्रतिक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ को कलाकार लाइनअप दिनप्रतिदिन बलियो बन्दै गएको छ। एकपछि अर्को चर्चित कलाकारको अनुबन्धसँगै फिल्मप्रतिको चासो र अपेक्षा पनि थपिएको छ। फिल्ममा पहिलो अनुबन्धित कलाकारका रूपमा नायक पल शाह रहेका थिए। त्यसपछि अभिनेता रमेश उप्रेतीको नाम सार्वजनिक भयो। यतिबेला नायक आर्यन सिग्देल पनि मुख्य भूमिकामध्ये एकमा अनुबन्ध भइसकेका छन्। यसरी तीनजना स्टार कलाकार पल शाह, रमेश उप्रेती र आर्यन सिग्देल को समावेशले ‘महाराजधिराज’ को स्टार कास्टलाई बलियो बनाएको छ। आर्यनले यो चलचित्रमा अनुबन्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले आफूले यस फिल्ममा फरक किसिमको चरित्र निर्वाह गर्ने र दर्शकका…
