01
Mar
काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा सुवास न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक सुमन कुमार केसी ले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका छन्। नव-निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै संस्थाको नीति, उद्देश्य, र सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, र शम्भु कुमार अधिकारी चयन भएका छन्। उपाध्यक्ष पदमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार…
