Skip to main content

Elite News Nepal

प्रमुख समाचार

मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत दिन एमालेकाे निर्देशन

मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत दिन एमालेकाे निर्देशन

धनगढी : नेकपा एमाले ले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् । उनका अनुसार पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ । ‘केन्द्रको निर्देशन विश्वासको मत दिने भनेर आएको छ । अव हामी दायाँबायाँ गर्दैनौँ’,साउँदले भनिन्, ‘उक्त दिन सबै सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुन समेत भनिएको छ ।’ यद्यपि उनले प्रदेश संसदीय दलको बैठक बसेर औपचारिक निर्णय भने गर्न बाँकी नै रहेको बताइन् ।सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको…
Read More
नेपाल र कतारविच ८ वुदे समझदारी पत्रमा हस्ताक्षर ,यी हुन ८ वुदा (पढनुहाेस)

नेपाल र कतारविच ८ वुदे समझदारी पत्रमा हस्ताक्षर ,यी हुन ८ वुदा (पढनुहाेस)

काठमाडौं : नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी भएका छन् ।सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन भएको द्विपक्षीय वार्तामा सहमति तथा सम्झौता भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरे । त्यस्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने…
Read More
कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

कतारका राजा अमिर शेखलाई २१ ताेपकाे सलामिद्धारा सम्मान गरिने

काठमाडाै : नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार  आज आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले आज बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई…
Read More
कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

कतारका राजाकाे नेपाल भ्रमणमा मंगलवार सार्वजनिक विदा

काठमाडौं :मन्त्रिपरिषद्को बैठकले राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक विदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।
Read More
सिंहदरवारमा मन्त्रिपरिषद काे आकस्मिक वैठक वस्दै

सिंहदरवारमा मन्त्रिपरिषद काे आकस्मिक वैठक वस्दै

काठमाडौं : प्रधानमन्त्री  पुष्पकमल दाहाल ले आज बिहान १० बजे मन्त्रीपरिषद काे आकस्मिक वैठक वाेलाएका छन ।वैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्। त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ। नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ। गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन…
Read More
वर्तमान सत्तासमिकरण वामपन्थी काे मात्र हाेईन :प्रधानमन्त्री प्रचण्ड

वर्तमान सत्तासमिकरण वामपन्थी काे मात्र हाेईन :प्रधानमन्त्री प्रचण्ड

धनगढी कैलाली :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे। उनले भने, “वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन।”वर्तमान सत्ता समीकरण पूरा अवधि जाने बताउँदै प्रधानमन्त्रीले भने, “राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन।” उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको जानकारी दिए । पहिलोपटक नेपालमा हुन लागेको कतारका राजा अमिरको…
Read More
आजराति काेशी ,मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी,सचेत रहन आग्रह

आजराति काेशी ,मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी,सचेत रहन आग्रह

काठमाडौ  : जल तथा मौसम विज्ञान विभागले आज राती कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना औँल्याएको छ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भुभागमा भने हल्का हिमपात हुने अनुमान पनि विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ। भोलि दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का पानी पर्नसक्ने महाशाखाले जनाएको छ।
Read More
एकीकृत समाजवादीको निर्णय दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने

एकीकृत समाजवादीको निर्णय दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने

मोहन धामी,धनगढी ः एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृतसमाजवादीलाई दिन तयार भएका थिए । त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् । सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् । तर सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र…
Read More
मुस्लिम  समुदायमा  आज इद  रौनकताका साथ मनाइदै

मुस्लिम समुदायमा आज इद रौनकताका साथ मनाइदै

– मुस्लिम धर्मावलम्बीले आज इद (इद उल फित्र) पर्व मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।अरबी पात्रो हिजरी सम्वत् अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।खुसीपूर्वक दान गरेर दीन–दुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान…
Read More
प्रधानमन्त्रीद्धारा इस्लाम धर्मावलम्बीको महान् पर्व इद इद–उल–फित्र को अवसरमा शुभकामना

प्रधानमन्त्रीद्धारा इस्लाम धर्मावलम्बीको महान् पर्व इद इद–उल–फित्र को अवसरमा शुभकामना

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद इद–उल–फित्र को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिएका…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल