16
Feb
काठमाण्डाै - बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन् भने कर्मचारी र बिचौलिया दोषी ठहर भएका छन् । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त लगायतलाई दोषी ठहर गरेको छ । उनीहरूलाई दामासाहीले कायम हुने बिगो ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने, बिगो असुलउपर हुने र जनही दुई वर्ष कैद हुने तथा सट्टाभर्नाको जग्गासमेत जफत हुने ठहर भएको छ । तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठ तथा पूर्वसचिव दिनेशहरि अधिकारीलाई आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ । अदालतले रामकुमार सुवेदी, शोभाकान्त ढकाल, भाटभटेनी…
