Skip to main content

Elite News Nepal

राष्ट्रिय जागृति क्लब

मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

इटहरी – १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोलको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो। मच्छिन्द्रका लागि खेलको ३१औं मिनेटमा मलिक बामिदेले युसुफको उत्कृष्ट गोल नै टिमको जितका लागि निर्णायक बन्यो। झापा ११ ले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउने अवसर गुमाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। प्रतियोगिता अन्तर्गत मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल भिडन्त हुनेछ। इटहरी रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ…
Read More
इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

इटहरी गोल्डकपमा पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित

इटहरी, १५ फागुन – १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरे। उद्घाटनपछि सम्पन्न भएको पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित भएको छ। पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजकको तर्फबाट विदेशी खेलाडी एलेक्सले गोल गरे। प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५ औं बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ। फागुन १० गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालका सात…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल