Elite News Nepal

Day: February 27, 2025

टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

काठमाडौं। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं संस्करणको टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन्। तेजस्वीले सिनियर ब्वाइजतर्फ र बेल्मन्टले सिनियर गल्र्सतर्फ च्याम्पियन बन्न सफल भए। प्रतियोगिता बिहीबार तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको थियो। सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले हराउँदै उपाधि जिते। तेजस्वीका विराज गुरुङले १२ अंक जोडेर टिमको जितमा महत्वपूर्ण योगदान पुर्‍याए। सिनियर गल्र्सको फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पराजित गर्दै उपाधि जितेको हो। बेल्मन्टकी जेशिका गुरुङले ७ अंक जोडेर टिमको जितमा प्रमुख भूमिका खेलिन्। नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउँदै तेस्रो स्थानमा आफ्नो स्थान बनायो। नवोदितका आदेश बगालेले १२ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरे।…
Read More
दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार भएको १२१औं बोर्ड बैठकले उक्त खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। यसअघि राखेपको ११८औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। नयाँ निर्णयअनुसार, खेलकुद अब जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने छ। यस कदमले देशभरका खेलकर्मी र दर्शकहरूको उत्साहलाई थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद आगामी २०८२ साल जेठ १७ देखि…
Read More
नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनलाई भव्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने सबै तयारी पूरा भएको नेशनल प्याब्सनले जनाएको छ। देशभरका निजी विद्यालयका लगानीकर्ता, संस्थापक, प्राचार्य एवं प्रतिनिधिहरूको ऐतिहासिक भेला हुने यस महाधिवेशनलाई सफल बनाउन संगठनले सदस्य विद्यालयहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। नेशनल प्याब्सनले हालै केही व्यक्तिहरूले संगठनको गरिमा र एकतामा आघात पुर्‍याउने उद्देश्यले भ्रामक र तथ्यहीन सूचनाहरू सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले ती अपिलहरूलाई कुनै पनि हालतमा विश्वास नगर्न सबैमा अपिल गर्दै महाधिवेशनलाई भव्य बनाउन…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल