Elite News Nepal

Rajshree Gurukul

सिनियर ब्वाइज बास्केटबलमा राजश्री गुरुकुलको प्रभावशाली प्रदर्शन

सिनियर ब्वाइज बास्केटबलमा राजश्री गुरुकुलको प्रभावशाली प्रदर्शन

  काठमाडौं — तेश्रो निस्ट कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा राजश्री गुरुकुलले आइतबार गेटवे एकेडेमीलाई २९–२३ ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। सिनियर ब्वाइजकै अन्य खेलमा बृहस्पति विद्यापतिले काठमाडौं प्रज्ञाकुञ्जलाई २४–१६ ले तथा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले जेम्सलाई ३१–१४ ले पराजित गरे। सिनियर गल्र्सतर्फ आयोजक भक्तपुर निस्ट स्कुलले ग्यालेक्सी पब्लिकलाई २३–१८ को अन्तरले हरायो भने त्रियोगले एमिनिटीलाई १०–७ ले पराजित गर्‍यो। जुनियर गल्र्स बास्केटबलतर्फ निस्ट स्कुलले श्री सञ्जय साइ विद्या मन्दिरलाई १५–५ ले पराजित गर्दा गेटवे एकेडेमीले बीआईएसलाई ९–२ ले हरायो। प्रतियोगिता अन्तर्गतका खेलहरू भक्तपुर निस्ट स्कुलको कोर्टमा सञ्चालन भइरहेका छन्।
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल