12
Feb
काठमाडौं । बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन् । यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन् । यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान साढे ११ बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि आज बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा…
