25
Feb
जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन विधेयक त्रुटिपूर्ण रहेको भन्दै त्यसको संशोधनको माग उठाइएको छ। ऐनका प्रावधानले सिनियर अनमी (सिअहेब) पाँचौं तहका कर्मचारीहरूको वृद्धि तथा विकासमा प्रतिकूल असर पर्ने भन्दै धनुषा सिअहेब-सी. अनमी संघर्ष समितिले प्रदेश सभा सदस्य माननीय संजय महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ। संघर्ष समितिको टोलीले माननीय महतोको निजी निवासमा पुगी ऐनमा आवश्यक संशोधन गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण गराएको हो। टोलीमा संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश कोषाध्यक्ष रामदेव कापर, प्रदेश सदस्य संजिव यादव, धनुषा जिल्ला संयोजक नागेश्वर कुमार, सदस्य नन्द ठाकुर, र सदस्य सोभित यादव रहेका थिए। ध्यानाकर्षण पत्र…
