14
Feb
काठमाडौं। निर्देशक निगम श्रेष्ठको नयाँ चलचित्र ‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक गरिएको छ, र यसको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माता र कलाकारहरूले यसका बारेमा जानकारी दिएका छन्। सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ जाँदा देखाइएको छ। अर्को पोस्टरमा, उनले अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा पनि प्रस्तुत भएका छन्। यो चलचित्र नेपालमा भाइरल प्रवृत्तिलाई व्यंग गर्दै बनाइएको देखिन्छ। निर्देशक निगम श्रेष्ठका अनुसार, "नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा, यो प्रवृत्ति अझ बढी देखिन थालेको छ। हाम्रो चलचित्र यसैको प्रभाव र असरलाई…
