Elite News Nepal

फागुन प्रतियोगिता

रामेछापमा पहिलो पटक तीनलाल स्मृति कप भलिबल प्रतियोगिता हुँदै

रामेछापमा पहिलो पटक तीनलाल स्मृति कप भलिबल प्रतियोगिता हुँदै

रामेछाप। रामेछापमा पहिलो पटक २० वर्ष मुनिको तीनलाल स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, सहिद गङ्गालाल, तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा अनेरास्ववियु रामेछापले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता फागुन ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु. ५०,००० नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमलाई रु. ३०,०००, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सेमिफाइनलमा पुग्ने दुबै टिमले रु. १०,००० र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. ३,००० नगद, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल