Skip to main content

Elite News Nepal

रामेछापमा पहिलो पटक तीनलाल स्मृति कप भलिबल प्रतियोगिता हुँदै

Advertisement

रामेछाप। रामेछापमा पहिलो पटक २० वर्ष मुनिको तीनलाल स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, सहिद गङ्गालाल, तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा अनेरास्ववियु रामेछापले प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता फागुन ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु. ५०,००० नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमलाई रु. ३०,०००, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सेमिफाइनलमा पुग्ने दुबै टिमले रु. १०,००० र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. ३,००० नगद, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षकसहित ६ विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

देशभरका २० वर्ष मुनिका खेलाडीले टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ। इच्छुक टिमहरूले फागुन ८ गते मध्यान्हसम्म दर्ता गर्न सक्नेछन्। टिम दर्ता शुल्क रु. ५,००० तोकिएको छ।

प्रतियोगिता सञ्चालनका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन स्थानीय तह र व्यवसायीहरूको सहयोग रहनेछ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख सागरहरि अधिकारीले तीनलालको नाममा प्रतियोगिता आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। प्रतियोगिताको पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सदस्य टक घतानी, आङलामु शेर्पा लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

यो प्रतियोगिता रामेछापमा युवा खेलाडीहरूका लागि ऐतिहासिक अवसर हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल