Skip to main content

Elite News Nepal

भिम उपाध्यायमाथि भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय सुशासनको कुरा गरेर कहिल्यै थाक्दैनन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय रहने उनी बारम्बार भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति दिइरहन्छन् । सामाजिक सञ्जालमा उनले गरेका पोस्टहरु हेर्दा लाग्छ कि उनी ठूलै भ्रष्टाचारविरोधी अभियन्ता हुन् ।

तर, उनै पूर्वसचिव उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले दायर गरेको मुद्दामा उनीसँगै थप दुई पूर्वसचिवसँगै १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले खानेपानी मन्त्रालयमा सचिव पदमा रहँदा उनले निर्माण व्यवसायीसँग ७ अर्ब ७२ करोड (भ्याट बाहेक) बराबरको सम्झौता भएकोमा ठेक्का सम्झौता भएको मितिदेखि निर्माण व्यवसायीले साइट छाडेको अवधिसम्म सम्झौताविपरीत र कानुनले तोकेभन्दा बढी भुक्तानी गरेको आरोप लगाएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग दाबी गरिएको गरेको छ ।

त्यसबाहेक मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल