Skip to main content

Elite News Nepal

Day: July 22, 2025

रौतहटमा १३३ किलो गाँजासहित कार बरामद

रौतहटमा १३३ किलो गाँजासहित कार बरामद

रौतहट — रौतहट प्रहरीले लागूऔषध तस्करी प्रयासलाई विफल पार्दै १३३ किलो गाँजासहित एउटा कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको कारलाई चेकजाँचका क्रममा रोक्न खोज्दा चालक तीव्र गतिमा भागेका थिए। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार पछ्याइएकाे गाडी गरुडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा फेला परेको हो। गाडी खेतमा पल्टिएको अवस्थामा भेटिएको र सवार व्यक्ति उखुबारी हुँदै फरार भएको जनाइएको छ। प्रहरीले क्रेनको सहायताले गाडी निकालेर जाँच गर्दा १३३ किलो गाँजा फेला परेको हो। बरामद लागूऔषधसहित गाडी नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीको तत्परता…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल