Skip to main content

Elite News Nepal

Day: March 30, 2024

नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

काठमाण्डौ – चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजो तिब्बतको राजधानी ल्हासा पुग्नुभएको छ । ल्हासामा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवम् सरकार प्रमुख वाङ झुङहेङसँग भेटवार्ता गर्नुभएको छ । भेटमा सीमावर्ती क्षेत्रका समस्याबारे छलफल भएको छ । उहाँले  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको…
Read More
काेशीमा भारी बर्षाकाे सम्भावना

काेशीमा भारी बर्षाकाे सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको…
Read More
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

काठमाडौँ– त्रिशूली नदी ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् । ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवश रोकाय छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल