Elite News Nepal

साहित्य

तराईमा हुस्सु तथा पहाडी आंशिक क्षेत्रमा बर्षाकाे सम्भावना

तराईमा हुस्सु तथा पहाडी आंशिक क्षेत्रमा बर्षाकाे सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको…
Read More
आज प्रणय दिवस मनाइदै

आज प्रणय दिवस मनाइदै

घाेराही दाङ– आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी…
Read More
बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ । शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि…
Read More
आमाको स्मृति!

आमाको स्मृति!

* सुवास देवकोटा  आमा  तिमिलाई फेरि एक पटक भेट्न पाउने भए, तिम्रो साथ लगेर  परालको भारी बोक्न गाउँ बेसी धाउने थिए  तिमीले भुटेको मकै चपाउँदै बाख्रा चराउन पारि वन पुग्ने थिए!  ** आमा! तिमीलाई फेरि एक पटक भेट्न पाउने भए तिम्रो आँखामा छल्किने पीडाका आँसु पुछ्ने थिए  तिमी कोदो कोदो रोप्न मेला जाँदा  म पनि डोकामा कोदाको बीउ बोकेर  मेलामा सघाउन पुग्ने थिए!  ** आमा,  तिमीलाई साँच्चै भेट पाउने भए  तिम्रो पाउमा टाउको राखेर  जीवनमा भए गरेका गल्तीहरूका लागि  क्षमा माग्ने थिए!  तिम्रा हात शिरमा राखेर अर्को जन्ममा पनि  पुन:तिम्रै छोरो भएर जन्मन पाउँ भनेर   आशीर्वाद माग्ने थिए!  …
Read More
उनले प्रश्न गरिन ?

उनले प्रश्न गरिन ?

रवि पौडेल ,पाण्डेचरि यसले भन्छ म तिमिलाई छुट दिए जाऊ र फेरि खुँडा प्रहार गर उसले भन्छ, साथी अब म आएँ नडराउनुस् म आइसकेको छु उनी भन्छिन् , मेरो सानु लाई छप्काउँदा कति पीडा भए होला हस्पिटल लैजान भन्नुभएको होला तर ……. तिनिहरु अबिर र माला लिएर कारागार नजिकै गए कारहरू बाट लावा लस्कर सहित हत्यारो सर्वस्व हरण गरिएको एउटा खुँखार अपराधीलाई सम्मान गरे ! उनी , आँखाभरि आँसु लिएर न्यायको भिख माग्दै मिडिया मा आइन आँखा सुनाउँदै छाती चिरियो उनको उनले रुँदै प्रश्न गरिन हत्यारोलाई आम माफी दिने राष्ट्रपति को हो ?” राष्ट्रपतिलाई यो अधिकार कसले दियो? के थाहा…
Read More
ऐना: आत्मा र बि.पी.

ऐना: आत्मा र बि.पी.

* मेघराज ओली हरेक पल्ट सायद पल्ट पल्ट नामले भन्दा उपमाले निष्ठाको पर्तिरुपमा– तिमिलाई उभ्याए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । हरेक पल्ट प्राय पाँच पाँच वर्षमा तिम्रो आकृति सजाय तिम्रो नाम बिक्यो–काम बिक्यो ०४६ देखी ०८० सम्म भजाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । निस्स्वार्थ, त्यागी हजुर भनी भनी नेताको फिक्स एक तलब बनाए एक जागिरे बनाए–खुसी मेरा नेता बनाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । ऐनामा आकृति फेरिए–नेता फेरिए तिनका जीवन फेरिए सोच फेरिएन.... बदलिएका आकृतिको आत्मा फेरिएन । नेताको आत्मा फेरिएन ।
Read More
रित्तो गोजी

रित्तो गोजी

* सुगिता शाह  लखतरान जिन्दगी बोकेर हिँडेका गोडाहरू, सलबलाएका हातहरू, बरबराएका अनिदा रातहरू सयर गरिरहेछन् । हमासका बङ्करहरूमा । रात लम्पसार छ दिन लठेब्रो छ साँझ टोलाएको छ । बिहानी ले झकझकाएको छ चिलगाडीमा सपना सयर गरिरहे छ । जुवाको दाउमा नागरिकता छ गिज्याई रहेछ मनुवालाई देश ठुलो की गोजी ? घर ? होइन पाठेघर रित्तो हुने भो बारी ? होइन कोख बाँझो हुने भो । ऊ रित्तो भए पछि सौदाबाजी हुन्छ बेचबिखन चल्छ न्याय, अस्मिता , आत्मसम्मान र मुटु ,कलेजो पहिचान र देशको फुत्त झर्छन् एक थान पिडा एक थान अभाव अनेक थान सपना अनगिन्ती रहर एक हुल जिम्मेवारी…
Read More
पुनः लेख्नेछु !

पुनः लेख्नेछु !

* बिनु 'खुसी' हरियाली थियो मौसम   रङ्गी विरङ्गी ती सपना  मुना थियो काखामा हर्षित थिए बिपना  नसुती बिते दिन  अनि रोएरै कटे  कति रातहरू हुण्डरी बनी आयो  कापे मेरा हातहरू नसोचेको  नसम्झेको  यो के भो सपना ?  सारा खरानी भई  चकनाचुर पो भो  आशा पनि मर्न थाले  मन खुसी भएन  शरीरले बाटो  छेके पनि  मन गलेको थिएन  अर्ध नारी भएछु !  कठै हराएछन् मेरा रङ्गहरू लड्दै हिँडे  भिड्दै हिँडे जित्नु छ जङ्ग भनी  दुख्यो छाती  गले मेरा हातहरू कतै छुट्ने हुनकी  कठै समाउने ती साथहरू मनमा आशा  आफ्नाको भरोसा  मौलाउने थाले  फेरि नयाँ पालुवा  आफू भित्रको दृढ विश्वास अनि आफ्नाको माया  दरो…
Read More
विषालु बेलुन

विषालु बेलुन

* नारायण ढकाल दूषित हावा भरेर नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू चकलेटी आसमा तानिएर जीवनवादी/जीवनदायी दर्शन बिर्सेर गौरवमय इतिहासको अपव्याख्या गर्दै युरोप र अमेरिकाका गल्लीहरूमा वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर सारहीन बोक्रेदर्शन र कलाहीन सिद्धान्तको महिमा गाउँछन् र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन् अनि,श्रीखण्डलाई लत्त्याएर धमिरे काठमा सुवास र शीतलता खोज्ने असफल प्रयासमा रमाउँछन्। विषालु बेलुनहरू! विगत विश्व-रङ्गमञ्चमा भएका जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको बीभत्स इतिहासबाट बेफिक्र शकुनिको निर्देशनमा आफ्नै आमाको पेटमा धारिलो हतियार सोझ्याउँदै सामाजिक सद्भावको घाँटी निमोठेर एकतामा अनेकताको विघटनकारी आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन् र मृत्यु गीत गाउन तम्सिन्छन्। हावा महलमा उडेका बेलुनहरू, क्षणिक उँचाइलाई वास्तविक…
Read More
धरती रोइरहेछ~~~

धरती रोइरहेछ~~~

* महेशराज खरेल  म जन्मिएको धरतीको शिरमा एउटा श्वेत हिमाल  बिहान सूर्यको किरण सीतै स्वर्ण रङ्गमा रङ्गिएर टल्किरहेको हुन्थ्यो शरीरभरि जीवन   सञ्जीवनी बोकेर उसले प्राणी   वनस्पतिको  जीवन जोगाइरहेको हुन्थ्यो हिमालको काखमा बसेर पहाड नाचेको हुन्थ्यो त्यही पहाडको छातीमा असख्याै हरिया बोट बिरुवा हाँसिरहेका हुन्थे तिनै वनस्पतिका बिचबिचमा धेरै वनजन्तु र पशुपन्छी बाँचिरहेका हुन्थे  डाँफे मुनाल  र मयुरले भाका मिलाएर नाचिरहेका हुन्थे  हरिण,  बाघ  र सिंह आ आफ्ना आँगनमा आ आफ्नो जीवन सजाइरहेका हुन्थे यो मेरो प्रकृतिको सुन्दर बगैँचामा कस्का आँखा लागेर हो वा कुनै अनिष्ठ जागेर हो आजकल मेरो हिमालमा  हिउँ फुलेका बिरुवा छैनन् उस्का काखका पहाड  फेरिएछन्,…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल