Elite News Nepal

स्वास्थ्य सेवा

स्वास्थ्य मन्त्रालयको उत्कृष्ट प्रगति, अर्धवार्षिक मूल्यांकनमा दोस्रो स्थान

स्वास्थ्य मन्त्रालयको उत्कृष्ट प्रगति, अर्धवार्षिक मूल्यांकनमा दोस्रो स्थान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको अर्धवार्षिक मन्त्रालयगत प्रगति मूल्यांकनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले ५२ कुल लक्ष्यमध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममध्ये ९ कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रतिवेदनअनुसार, मन्त्रालयले सामाजिक क्षेत्रका माइलस्टोनहरूमा ८१.८ प्रतिशत प्रगति हासिल गरेको छ। यसैगरी, निश्चित लक्ष्य प्राप्त गर्नुपर्ने माइलस्टोनको सूचकमा मन्त्रालयले ७० अंक प्राप्त गरेको छ, जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयहरूमध्ये सबैभन्दा उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देखाएको प्रभावशाली कार्यसम्पादनका कारण कार्यालयले मन्त्रालयलाई ८१.८ अंक प्रदान गरेको छ।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल