Skip to main content

Elite News Nepal

स्वास्थ्य मन्त्रालयको उत्कृष्ट प्रगति, अर्धवार्षिक मूल्यांकनमा दोस्रो स्थान

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको अर्धवार्षिक मन्त्रालयगत प्रगति मूल्यांकनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले ५२ कुल लक्ष्यमध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममध्ये ९ कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रतिवेदनअनुसार, मन्त्रालयले सामाजिक क्षेत्रका माइलस्टोनहरूमा ८१.८ प्रतिशत प्रगति हासिल गरेको छ। यसैगरी, निश्चित लक्ष्य प्राप्त गर्नुपर्ने माइलस्टोनको सूचकमा मन्त्रालयले ७० अंक प्राप्त गरेको छ, जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयहरूमध्ये सबैभन्दा उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देखाएको प्रभावशाली कार्यसम्पादनका कारण कार्यालयले मन्त्रालयलाई ८१.८ अंक प्रदान गरेको छ। मन्त्रालयको यो सफलता स्वास्थ्य क्षेत्रमा सुधार तथा नीतिगत कार्यान्वयनमा उल्लेखनीय उपलब्धि मानिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल