Skip to main content

Elite News Nepal

विद्यार्थीले नेपालमै उच्च शिक्षा अवसरको अधिकतम उपयोग गर्नुपर्छ – उपप्रधानमन्त्री सिंह

Advertisement

ललितपुर । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल शिक्षाको अब्बल गन्तव्य बन्दै गएको बताएका छन् ।

उनले नेपालमै विद्यार्थीहरुले उच्चशिक्षामा आएको अवसरलाई अधिकतम उपयोग गर्नुपर्ने पनि बताए ।

नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधबार यहाँ आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत साँस्कृतिक कार्यक्रममा मन्तव्य राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले नेपालमै रहेर यहाँका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो जीवनको लक्ष्य हासिल गर्न आग्रह पनि गरे ।

उनले भने, ‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न बिषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरुले अधिकतम् उपयोग गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले पाटन संयुक्त क्याम्पसको पूर्वाधार विकासमा गर्नुपर्ने काम यस क्याम्पसका प्रमुख र विद्यार्थीका प्रतिनिधिहरुसंग छलफल र समन्वय गरेर बजेट व्यवस्थापन गरेर समाधान गर्ने प्रतिबद्धता जनाए ।

उपप्रधानमन्त्री सिंहले नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईका विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएर पुस्तकालय पुनःनिर्माण गरेको पुस्तकालय उद्घाटन गरि क्याम्पसलाई हस्तान्तरण गरे । वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रंगरोगनका साथै साझसज्जा गरेर विद्यार्थीहरुलाई अध्ययनका लागि तयार पारेको हो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, क्याम्पस प्रमुख डा रघुविर विष्ट, नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पालगायतले मन्तव्य राखे । क्याम्पस ईकाई अध्यक्ष तारा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार विमलराज क्षेत्री, सन्दिप क्षेत्रीलगायतले प्रस्तुती दिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल