Skip to main content

Elite News Nepal

राजनीतिमाथि पैसाको शासन

Advertisement

गैरकानुनी आर्जन नहुनेहरू चुनाव लड्नै नसक्ने अवस्था निर्माण भएको छ । महँगो चुनाव प्रणालीमा लोकतन्त्रमाथि कसरी पैसा हावी हुन्छ भन्ने दृष्टान्त दलका पहुँचहीन नेता, कार्यकर्ताको विवशताबाट थाहा पाइन्छ ।

४ जेठ, काठमाडौं । २०७० सालमा रामकुमार भट्टराईले नेकपा (एमाले) बाट रौतहट (क्षेत्र नं. ४) बाट चुनाव जिते । २०७४ को चुनावमा पनि उनले चाहँदा टिकट पाउँथे । तर, चुनावमा उठ्न उत्साहित भएनन् । किनभने अघिल्लो चुनावमा लागेको एक करोड रुपैयाँ ऋण तिरिसक्न बाँकी नै थियो ।

‘हेटौंडामा पुख्र्यौली सम्पत्ति एउटा घर थियो । त्यो बेचेर चुनावमा लागेको ऋण तिरें । अब २०७४ मा फेरि चुनावमा उठ्यो भने पहिलेभन्दा पनि धेरै खर्च हुने भएपछि टिकट लिन नै रुचि भएन’,  हाल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रहेका उनी भन्छन् ।

२०७४ सालकै चुनावमा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली स्वयम्ले पाएको टिकट पनि लिएनन् । आफूसँग पर्याप्त पैसा नभएकोले चुनाव नलडेको उनी बताउँछन् । ‘त्यसबेला एमाले र माओवादी मिलेर चुनावमा गएका थिए, चुनाव लड्दा जित्ने पनि सुनिश्चित जस्तै थियो । तर, म जस्ता पैसा नहुने मान्छेले चुनाव नै लड्न नसक्ने अवस्था भएको छ’, उनी भन्छन् ।

ज्ञवालीले त्यसबेला पार्टीको स्थायी समिति बैठकमा पनि यो कुरा उठाएका थिए । तर पैसा नहुनु व्यक्तिगत कमजोरी मानिने परिस्थितिमा उनको कुरामा कसैको ध्यान नजानु स्वाभाविक थियो, गएन ।

२०७४ सालमा जुम्लाबाट निर्वाचित सांसद् गजेन्द्रबहादुर महतले २०७९ को चुनावमा पनि टिकट पाउने सम्भावना थियो । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका महतले त्यसअघि नै प्रतिनिधि सभा बैठक र विभिन्न सार्वजनिक मञ्चबाटै घोषणा गरेका थिए– ‘म अर्को चुनावमा उठ्दिनँ ।’

आफूसँग चुनावमा उठ्ने पैसा नभएको उनी बताउँछन् । ‘अब त चुनाव धेरै नै खर्चिलो भयो, जनतालाई पनि पैसा चाहिने, कार्यकर्तालाई पनि’ महतले भने, ‘अझ मतदानको दिन नजिकिंदै जाँदा बिचौलियाहरूले बीचमा खेलेर पैसा खोज्ने । हुँदाहुँदा अब त फलानो उम्मेदवारले यति पैसा खर्च गर्‍यो, तैंले हालिनस् भने सबै मत उसैले लैजान्छ भनेर समेत पैसा खर्च गराउँछन् ।’

२०७० सालमा पराजित भएको समेत दुईवटा चुनावमा आफ्नो एक करोड रुपैयाँ खर्च भएको उनी बताउँछन् । ‘अघिल्लो चुनावमा ठूलो ऋण लागेको थियो, जग्गा बेचेर तिर्न खोजेको बिकेन, पसल गर्न भनेर बैंकबाट ऋण लिएर चुनाव खर्च तिरें’ उनी भन्छन्, ‘दोस्रो चुनावमा भएको खर्च हार्डवेयर पसलबाट भएको आम्दानीबाट अहिलेसम्म तिरिरहेको छु ।’

त्यति मात्रै होइन, विजयी भइसकेपछि पनि फेरि ठूलो पैसा खर्च हुने उनको भनाइ छ । ‘म त जुम्लाको मान्छे, काठमाडौं आउन–जानै ठूलो खर्च हुन्छ । त्यसमाथि जनता बिरामी पर्छन्, उनीहरूलाई उपचार खर्च दिनुपर्‍यो, कोही समस्यामा परेर आएको हुन्छ, भाडा दिनुपर्‍यो’ उनी सम्झन्छन्, ‘सांसद हुञ्जेल मैले तलब पनि देख्न पाइनँ ।’

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल