Skip to main content

Elite News Nepal

अशान्तिको स्रोत निजी सम्पत्ति र सत्ता

Advertisement

एकैछिन कल्पना गर्नुहोस् त, अहिले तपाईंसँग निजि धन सम्पत्ति नहुने हो भने के हुन्छ ? तपाईंको बस्ने घर, खाने खाद्यान्न, जीउ ढाक्ने कपडा, बिरामी पर्दा। उपचार मात्र होइन छोराछोरी प्रतिको युग अनुसारको कर्तव्य र जिम्मेवारी पुरा गर्न पनि निजि सम्पत्ति आवश्यक छ। जतिखेर पनि जहाँ पनि चाहिने निजि सम्पत्तिको उत्पत्ति कसरी भयो ? पृथ्वीको उत्पत्ति भए जस्तै   निजि सम्पत्तिको पनि उत्पत्ति भयो कि मान्छेले आफै बनायो ? निजी सम्पत्तिको उत्पत्ति र पतन बारे बुझ्न विभिन्न सामाजिक  व्यवस्थाहरू र ती समाजका उत्पादनसम्बन्धहरूको बारेमा मसिनो गरि बुझ्न् आवश्यक हुन्छ।

आजभन्दा दश लाख वर्ष पहिले मानिसको उत्पति भएसँगै मानव समाजको उत्पति पनि भयो। मानव समाजको पहिलो अध्याय आदिम साम्यवाद थियो । त्यतिबेला उत्पादन गतिविधि सामुहिक र सामाजिक थियो । आदिम साम्यवादी युगमा युवाहरू शिकार गर्न जंगल जाने गर्दथे । बृद्धहरूले घरमा बसेर बुढा पत्थर तथा काठका हतियार बनाउने र महिलाहरू जंगली फलफूल, कंदमूलहरू जम्मा गर्नुको साथै आदिम खेतिहरू गर्ने चलन थियो । शिकार समय र परिस्थिति अनुसार जटिल हुनुको साथै जीविकाको विश्वासिलो आधार पनि नभएकाले महिलाहरूले गर्दै
आएको आदिम खेति नै अलि भरपर्दो आधार बन्दै जादा पुरुषहरू त्यतातिर बढी आकषिर्त हुन थाले बिस्तारै खेतीमा पुरुषको महत्व बढ्‌दै जाँदा समाजपनि मातृसतात्मकबाट पितृसतात्मक सोचतिर अगाडि गयो। खेतीपाती र पशुपालन सामुहिक रुपमा गर्दै आएकोमा पहिलो पल्ट श्रम विभाजन भइ खेती र पशुपालन गर्ने कविलाहरू दुई भागमा विभाजन भए। त्यसैगरी खेतीबाट पनि दस्तकारीहरूको पनि विकास हुन जाँदा दोस्रो पटक श्रम विभाजन भयो । मानिसले आफुलाई कसरी सहज र छरितो तरिकाले उत्पादन बढाइ जीवन बिताउन सकिन्छ भनेर खोज्दै जाँदा आगोको आविष्कार पछी   फलामको आविष्कार भयो । जसले मानव समाजलाई एक कदम अगाडि बढायो । फलामका उत्पादन उपकरणहरू जस्तै कोदालो, हलो, कुटो, बन्चराे, खुकुरी, भाला जस्ता घरेलु हतियारहरूले उत्पादन क्षमता वृद्धि हुँदै गयो। खेती, पशुपालन र दस्तकारी पेशालाई उत्साहित र सजिलो तुल्यायो । अर्कोतिर फलामको आविष्कार हुनुभन्दा पहिले पत्थरका महाभाला, बन्चरो, खुकुरी जस्ता हतियारहरुको प्रयोगका कारण जीविका चलाउन र प्राकृतिक शक्तिहरू माथि सामुहिक श्रमबाट मात्र जित्न सकिने हुँदा उत्पादनका साधनहरू र उपजहरूको निजी प्रयोग सम्भव थिएन । त्यसैले प्रथामा आधारित सामुहिक उत्पादन प्रणाली थियो।
त्यस्तै श्रम विभाजनमा भएका दुई ठुला विभाजनले श्रमको  उत्पादकत्व बढायो। यी मौकामा गोत्रका  नाइकेहरुको  सामुहिक सम्पत्ति  विस्तारै कब्जा गर्ने  प्रवृतिको विकास भयो। त्यही प्रवृतिले गर्दा सामुहिक सम्पत्ति व्यक्तिगत सम्पत्तिमा बदलिदै गयो। उत्पादनका सबै साधनहरु निजीकरण भए ।त्यस पछि मानव समाजमै पहिलो पटक निजीको उत्पत्ति  भयो।

निजी सम्पतिलाई भन्दा बढी केन्द्रित  गर्नका लागी पहिलेका गोत्र नाइकेहरुको आफू अनुकूल बनाउदै गए उदाहरणका रुपमा युद्ध बन्दीलाई मार्ने परिवर्तन गरेर दास बनाउने र उनीहरुलाई उत्पादन प्रक्रियामा प्रयोग गर्ने थालियो ।  गोत्र भित्रकै गरिब परिवारको सदस्यलाई धनी परिवारको  दास बनाउन थालियो । जसले गर्दा मानव समाजमा निजी सम्पत्तिको उत्पतिले शोषणको पहिलो व्यवस्था  दास युग को सूत्रपात गर्नुको साथै आदिमसाम्यवादको पनि पतन भयो ।

बस्तुको विनिमय, व्यापारी र मुद्राकाे विकास मानव समाजमा तेस्रो पटक ठुलो श्रम विभाजन भयो। जसले गर्दा एकातिर धनी परिवारले सम्पति अति धेरै केन्द्रित  गरे भने अर्को तिर श्रमजीवी वर्गको ठूलो संख्या गरिबी अभावको कारण दास बन्न बाध्य भयो । यसरी समाजमा दास मालिक र दास गरि दुई वर्गको विकास भयो। वर्गको उत्पतिसँगै पहिलेका गोत्र परिषद्‌मा समाजका सार्वजनिक सेवकहरू त्यसका मालिक बने र दासहरू मालिकका उत्पीडनको उपकरण बने। यसैबेला देखी  धनी वर्गले गरिब वर्गलाई उत्पीडन गर्न यन्त्र राज्यको जन्म भयो।
आदिम साम्यवादी युगमा मिलेर बसेका मानिसहरुको समाजलाई फुटाउने पहिलो कारण गोत्र नाइकेहरूमा पलाएको निजि स्वार्थ र सांसारीक मोहबाट शुरू भएको हो, जो अहिलेसम्म पनि विभिन्न रूपमा  भइरहेको छ।
जसले गर्दा मानिस मानिस बीच विभेदको रेखा  सुरु भयो त्यसलाई मेट्न र आफ्नो  मुक्तिको निम्ति  स्पार्टाकसको नेतृत्वमा रोगमा गरेको दास  विद्रोह  त्यसैगरी सन् १६८८ मा राजतन्त्र विरुद्ध इल्याण्डमा भएको क्रान्ति, १० वर्षसम्म चलेको फ्रेन्च क्रान्ति, सन् १९१७ को रुसी क्रान्ति , १९४९ को चीनियाँ क्रान्ति,१० वर्षसम्म नेपालमा जनयुद्ध भयो ।
करोडौंको हत्या हुनेगरी भए‌को पहिलो विश्व युद्ध, १९३९ मा हिटलरको विशाल जर्मन बनाउने मनोगत कल्पनाले सुरुभएको दोश्रो युद्धमा ६० लाख यहुदी १६ करोड जनता अंगभंग भय भय ।

कोतपर्वमा नेपालका तत्कालीन प्रधानमन्त्री फत्तेजंगशाह, दलभजन पाँडे लगायतका ४० जनाको विभत्स हत्या भयो। बचेका २३ जनालाई एकै बिहान बनाउने भण्डारखाल पर्व जस्तो हत्याकाण्ड मच्चाएर  आफू जङ्गबहादु राणा आफू प्रधानमन्त्री बने ।पछिल्लो विं .स २०५८काे  नारायणहिटी दरबार हत्या काण्ड अहिलेसम्म रहस्यमय नै छ ।
रूस-युक्रेन युद्ध तथा इजरायल प्यालेस्टाइन युद्ध होस् वा भविष्यमा हुनुसक्ने अनेकौं खालका सबै युद्धको मुख्य सवाल निजि सम्पति र सत्ता नै हो ।
मानव जातिको पहिलो क्रान्ति आगो र फतानको आविष्कार हो। जुन आविष्कारले गोत्र नाइकेहरूमा विकास भएको स्वार्थका कारण निजि सम्पत्तिको उत्पति भयो । निजि सम्पत्ति कै  कारण वर्ग र राज्यको उत्पत्ति हुन गयो। वर्ग र राज्यको कारण लडाई, झगडा र युद्ध भएका छन् । यसको अन्त्य  गर्न निजि सम्पतिको नै अन्त्य  गरिनुपर्छ। यो कुरा उन्नत चेतना सहितको साम्यवादी व्यवस्थामा मात्र सम्भव हुनेछ ।
✍️ युवा नेता तथा युग पाेस्ट मिडियाका प्रधान सम्पादक समेत हुन ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल