Skip to main content

Elite News Nepal

कपिलवस्तु गाडी दुर्घटनामा १० जनाकाे मृत्यु

Advertisement

कपिलबस्तु ३ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको ज्यान  गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले मृतकको संख्या १० जना पुगेको बताएका छन् । यसैगरी सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख जिवनकुमार केसीले पनि मृतकको संख्या पुष्टि गरेका बताएको छ । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेकाउक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो।

प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।

चन्द्रौटा देखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलल बताएका छन् घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएको बताएको छ । घाईतेको उद्धा मा नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको थिए घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य के्रन्द्रमा उपचार केन्द्रमा लगाीएको छ ।

३३ जना उद्धार गरिएको त्यसमध्ये ९ जनालाई थप बुटवल स्थित चौराहा अस्पतालमा उपचारकालागि पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए । मृतक र घाईतेको अझै नाम नखुलेको बताएको छ । बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार रहेको बताएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल