Skip to main content

Elite News Nepal

यङ टेनिस स्टार्स कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं — एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा ‘यङ टेनिस स्टार्स’ (YTS) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सफलतापूर्वक सम्पन्न भएको छ।

तीनदिने यस कार्यक्रममा काठमाडौं, पोखरा र चितवनका १५ जना प्रशिक्षकले सहभागिता जनाएका थिए। कार्यक्रमबारे जानकारी दिँदै नेपाल टेनिस संघका सचिव अजय विष्टले बालबालिकालाई प्रारम्भिक उमेरमै टेनिसमा कसरी आकर्षित गर्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रित गरिएको बताए।

कार्यक्रममा ३ देखि १० वर्ष उमेरसमूहका बालबालिकालाई रमाइलो र प्रभावकारी विधिबाट टेनिसतर्फ प्रेरित गर्ने विविध अभ्यास, विधि र सिकाइका बारेमा सहभागी प्रशिक्षकले तालिम प्राप्त गरे।

प्रशिक्षण सत्र एटीएफका प्रशिक्षक माइक ब्यारेलले सञ्चालन गरेका थिए। समापन समारोहमा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल