असोज ३ , बिहिवार। क्यानडाको ओन्टारियोस्थित म्यापल लिफ नर्थ वेस्ट ग्राउण्ड (ए), किंग सिटीमा बुधवार सम्पन्न, आईसीसी क्रिकेट विश्वकप (CWC) लिग २ अन्तर्गतको खेलमा ओमानले नेपाललाई १ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ। ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
Shakeel Ahmed's exploits ensure a last-gasp victory for Oman over Nepal in #CWCL2 👏#NEPvOMA 👉 https://t.co/NnADgiEIWy pic.twitter.com/DpUgyfzF2K
— ICC (@ICC) September 18, 2024
नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनायो। गुलशन झाको उत्कृष्ट प्रदर्शनले नेपाललाई सम्मानजनक स्कोरमा पुर्यायो। झाले ३५ बलमा ५३ रनको धमाकेदार इनिङ खेले भने ५ विकेट पनि लिएर खेलका प्लेयर अफ द म्याच घोषित भए। कप्तान रोहित पौडेलले ७२ बलमा ६० रन बनाउँदै नेपालको ब्याटिङलाई बलियो बनाउने प्रयास गरे।

ओमानका लागि कलीमुल्लाह र फयाज बटले दुई-दुई विकेट लिएर नेपालको स्कोरलाई सीमित राखे। जवाफमा ओमानले अन्तिम ओभरसम्म खेलको रोमाञ्चकता कायम राख्दै ४९.५ ओभरमा ९ विकेटको क्षतिमा २२३ रन बनाएर खेल जित्यो। ओमानका ओपनर जतिन्दर सिंहले ४१ रन बनाउँदा कश्यप प्रजापतिले ३६ रनको योगदान दिए।
अन्तिम क्षणमा, तल्लो क्रमका ब्याटरले संयमित खेल प्रदर्शन गरे। शकील अहमद १७ रनमा अविजित रहेर ओमानलाई नाटकीय जित दिलाए।
A nail-biter to the very end as Oman edges a 1-wicket victory, but Gulshan Jha’s outstanding all-round effort shines through, earning him Player of the Match! 🏏#CWCL2 | #NepalCricket | #OneBallBattles pic.twitter.com/K9owQF0wZx
— CAN (@CricketNep) September 19, 2024
नेपालको ब्याटिङ प्रदर्शन:
- रोहित पौडेल: ७२ बलमा ६० रन
- गुलशन झा: ३५ बलमा ५३ रन
- आरिफ शेख: ८८ बलमा ३५ रन
- सोमपाल कामी: ८ बलमा २० रन
- अर्जुन साउद: १२ बलमा ५ रन
- आसिफ शेख: २८ बलमा ११ रन
- भीम शार्की: ३२ बलमा ११ रन
- अनिल साह: ९ बलमा ३ रन
- करन केसी: ३ बलमा १ रन
- सन्दीप लामिछाने: १५ बलमा ११ रन (नट आउट)

ओमानको ब्याटिङ प्रदर्शन:
- जतिन्दर सिंह: ४९ बलमा ४१ रन
- काश्यप प्रजापति: ५२ बलमा ३६ रन
- अकीब इलियास: ३३ बलमा २९ रन
- प्रतीक अथवले: ३६ बलमा २६ रन
- सोहेब खान: २६ बलमा २६ रन
- शकील अहमद: २४ बलमा १७ रन (नट आउट)
- फैयाज बुट: २५ बलमा ८ रन
- कलिमुल्लाह: ८ बलमा ६ रन (नट आउट)
नेपालको बलिङ प्रदर्शन:
- करन केसी: १० ओभरमा २७ रन, २ विकेट
- गुलशन झा: १० ओभरमा ४७ रन, ५ विकेट
- सन्दीप लामिछाने: १० ओभरमा ४४ रन, १ विकेट
- आरिफ शेख: ६ ओभरमा १८ रन, १ विकेट
- सोमपाल कामी: ७.५ ओभरमा ६० रन, विकेटविहीन
- ललित राजबंशी: ६ ओभरमा २७ रन, विकेटविहीन
ओमानको बलिङ प्रदर्शन:
- शकील अहमद: १० ओभरमा २९ रन, १ विकेट
- कलिमुल्लाह: १० ओभरमा ३९ रन, २ विकेट
- शोएब खान: ४ ओभरमा १९ रन, १ विकेट
- फैयाज बुट: १० ओभरमा ३६ रन, २ विकेट
- अयान खान: ७ ओभरमा २५ रन, विकेटविहीन
- अकीब इलियास: ८ ओभरमा ५८ रन, २ विकेट
- जय ओडेदारा: १ ओभरमा १२ रन, विकेटविहीन
यो खेलमा गुलशन झाको अद्वितीय प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन भने पर्याप्त भएन। ओमानले अन्तिम बलसम्म खेल पुर्याउँदै उत्कृष्ट जित दर्ता गर्न सफल रह्यो।



