
०८ श्रावण काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शर्माले आइतबार साँझ ५ बजे बहुमतीय सरकार गठन गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । बहादुरसिंह लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन्। कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनमा लामाले आज मुख्यमन्त्री समक्ष निवेदन दिएका हुन् ।

उनले भोलि बुधबार बिहान ११ बजे प्रदेश मुख्यालयमा सपथ ग्रहण गर्नेछन्। लामाले ६ काङ्ग्रेस र ६ एमाले सदस्य थपेर १३ सदस्यीय मन्त्रिपरिषद भोलि सम्पन्न गर्ने तयारी गरिरहेको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
एमालेले कांग्रेसका धेरै उम्मेदवारमध्ये ६ जनालाई छनोट गरिसकेकोले मन्त्री छनोट गर्न कठिन भएको बताइएको छ। कांग्रेसका मन्त्रीहरुको नाम बुधबार बिहानसम्म टुंगो लाग्ने लामाको सचिवालयले जानकारी दिएको छ। पहिलो पटक बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिइएको छ।



