
टेक्सासको काइल फिल्डमा शनिबार भएको कोपा अमेरिकाको अभ्यास खेलमा १७ वर्षिय खेलाडीले स्टपेज टाइममा गोल गर्दै ब्राजिललाई मेक्सिकोलाई ३–२ ले हराएको थियो। यो उनको अघिल्लो तीन अन्तर्राष्ट्रिय खेलमा तीन गोल हो। ९२औं मिनेटमा भिनिसियस जुनियरको क्रसमा एन्ड्रिकले हेड गर्दै ब्राजिललाई मेक्सिकोविरुद्ध अग्रता दिलाएका थिए।

ब्राजिलका खेलाडी एन्ड्रियास परेरा र गेब्रियल मार्टिनेलीले ब्राजिललाई २-० को अग्रता दिलाए पनि खेलको अन्त्यमा मेक्सिकोले दुई गोल गरेपछि उनीहरूले अग्रता गुमाउन दिएका थिए ।
एन्ड्रिकले भने, ‘राष्ट्रिय टोलीका लागि गोल गर्ने अर्को मौकाको लागि म भगवानप्रति आभारी छु। उनले थपे, ‘हामीले राम्रो प्रशिक्षण ग¥यौं र मलाई आशा छ कि हामीले कोपा अमेरिका जित्न अझै कडा मेहनत गर्न सक्छौं।

पाल्मिरासका लागि डेब्यु गर्ने र गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्नुका साथै, एन्ड्रिक क्लब इतिहासमा हरेक उमेर समूहमा उपाधि जित्ने एक मात्र खेलाडी हुन्। उनले ब्राजिलको सिनियर टिमबाट पाँच पटक अन्तर्राष्ट्रिय मैदानमा खेलिसकेका छन्। ब्राजिलको अर्को मैत्रीपूर्ण खेल बुधबार अमेरिकासँग हुनेछ र कोपा अमेरिकाको अभियान २४ जुनमा कोस्टारिकासँग सुरु हुँदैछ।



