Elite News Nepal

संघ सरकारसँग असन्तुष्ट बालेन प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन्

Advertisement

काठमाडौँ  : प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित भएका छन्।

काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’का पदाधिकारीहरूको छलफलमा मेयर बालेन उपस्थित नभएका हुन्।

आफूलाई असहयोग गरेको भन्दै मेयर बालेन संघीय सरकारसँग असन्तुष्ट छन्। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित छलफलमा मेयर बालेन नजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसबमोजिम लगानी बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए।

महानगरले गर्दै आएको फोहोर व्यवस्थापनमा सहयोग गर्नुको साटो अधिकार कटौटीको प्रस्ताव ल्याउने प्रधानमन्त्रीको ब्रिफिङले काठमाडौँ महानगरसँग थप दूरी बढ्ने आँकलन गरिएको छ।

हिजो मात्र सत्तारुढ दलका एक सांसदले स्थानीय तहको अधिकार कटौती गर्नुपर्ने धारणा राखेको भोलिपल्ट प्रधानमन्त्रीको यो कदमले थप संसय पैदा गराएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल