Skip to main content

Elite News Nepal

काेशी प्रदेशकाे लफडा ,मुख्यमन्त्री कार्कीकाे राजिनामा नदिने अडान कायमै

Advertisement

काठमाडौं : कोशी प्रदेशसभाको बैठक आज बस्दैछ।  बैठक  दिउँसो १ बजे बैठक बस्नेछ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए।

कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अब के हुन्छ भन्ने अन्योल कायमै छ। मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन्। तर कानुनविद्हरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने दाबी गरेका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गरिरहेका छन्। एक पटक विश्वासको मत लिएपछि दुई वर्षभित्रै राजीनामा माग्नु संवैधानिक प्रावधान विपरित हुने तर्क उनको छ।

मुख्यमन्त्रीको तर्कसँग कानुनविद् भने सहमत छैनन् । संविधानविद् चन्द्रकान्त ज्ञवालीले सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा प्रदेशसभाबाट ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने बताउँछन्।   विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ।

गठबन्धन दलहरु मुख्यमन्त्री कार्कीलाई मार्गप्रसस्त गर्न सुझाव दिइरहेका छन्। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सरकार स्पष्टरुपमा अल्पमतमा परिसकेको देखिएकाले कि विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने बताए।

नेपाली कांग्रेसका केदार कार्की एमालेको समर्थनमा गत असोज २७ मा मुख्यमन्त्री बनेका हुन्। तर एमाले र माओवादीले गत चैत २६ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

संकल्प प्रस्तावमा वैशाख २५ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने या राजीनामा दिनुपर्ने उल्लेख छ।यता कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सकल्प प्रस्ताव फेस गरेर जाने निर्णय गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल