Skip to main content

Elite News Nepal

सरकारलाइ काँग्रेसको २१ बुँदे सुझाब,भूकम्प पीडितको पुर्नस्थापना जिम्मा प्रदेश र स्थानीय सरकारलाइ दिन आग्रह

Advertisement

कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिन संघीय सरकारलाई दिन सुझाब दिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । तर राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो ।

राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुले झनै जटिल स्थिति सामना गर्नुपरेको तथ्य दृष्टिगत गरी तिनको पहिचान गरेर अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधिको अलग र विशेष व्यवस्थापन गर्न पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भूकम्पमा घाइते भएकाहरुको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई राज्यको प्राथमिक जिम्मेवारीका रुपमा व्यवस्थित ढंगले सम्पादन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताए । राहत वितरणको काम एकद्वार प्रणालीबाट गर्न पनि सरकारलाई काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल