Skip to main content

Elite News Nepal

इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

Advertisement
काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ ।
विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् ।  उनीहरूले  गाजामा  घातक हवाई आक्रमण रोक्न तथा  युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् ।
मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा  अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अल-शिफा र इन्डोनेसियाका अस्पतालहरू आफ्ना जेनरेटरहरू पावर गर्न इन्धन सकिनबाट “घण्टा टाढा” रहेको चेतावनी दिएका छन्।
प्यालेस्टिनी दूरसञ्चार कम्पनी पल्टेलले गाजामा फेरि सञ्चार र इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ।
गाजाको सीमा एजेन्सीका अनुसार दर्जनौँ घाइते प्यालेस्टिनीहरूलाई बुधवार उपचारको लागि रफाह क्रसिङ हुँदै इजिप्टका अस्पतालहरूमा जाँदा बमबारी गरिएको अवस्था छ ।
इजरायली तथा हमासबिचको युद्धका कारण अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा ८,५२५ प्यालेस्टाइनी मारिएका छन्। इजरायलमा १४०० भन्दा बढी मानिस मारिएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय स...
International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल