Skip to main content

Elite News Nepal

एमाले पूर्व मधेस प्रदेश कमिटी सदस्य भन्छन् `न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ,´

Advertisement

विशाल बस्नेत/ न्युज कारखाना

महोत्तरी, १ कार्तिक । नेकपा एमाले मधेस प्रदेश अधिवेशनको वैधतामाथि प्रश्न नै प्रश्न उठ्न थालेको छ ।

गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रका जिम्मेवार नेताहरूले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवबाहेक अन्य सदस्यहरूमा आफूखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि सो अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाइएको हो । जिम्मेवार नेता र सदस्यहरूले वैधतामाथि प्रश्न उठाएपछि मदेसमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

`न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ,´ एक जना पूर्व मधेस प्रदेश कमिटी सदस्यले भने, `सबै जनालाई घर पठाई केही नेताहरू बसेर सदस्यहरू टुङ्ग्याए रे भन्ने सुन्ने अवस्था देखा परेको छ ।’

पाटीभित्रका इमानदार र जिम्मेवार नेताहरूलाई पाखा लगाई शीर्ष नेताहरूको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरीय नेताहरूको आरोप छ । `यसले पाटीलाई बलियो बनाउनुको सट्टा थप कमजोर बनाउन सक्छ,´ अर्का नेताले भने, ‘पाटीमा कुनै योगदान नै नभएकाहरूलाई सर्वसम्मतको नाम दिएर आफूखुसी गर्नुलाई कसरी मान्नु र ?´

तर अधिवेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिवेशन सम्पन्न भएको दाबी गरेका छन् ।

`अब नेताहरू धेरै भएको पाटीमा त्यो खालको केही असन्तुष्टिहरू आउनु स्वाभाविक पनि हो,´ निर्वाचन अधिकृत खडकाले भने,` मनोनीतको नाम बाहेक पाटीवाट सर्वसम्मत भएका सवैजनाको नाम टाँस गरिएको छ ।´ उनका अनुसार अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएको छ । तर, ५ जना पदाधिकारी बाहेक सदस्यहरूमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरूको जिकिर छ ।

`बरु हामी निर्वाचन प्रणाली वाट गएको भए मान्थ्यौ तर नेताहरूका नजिक भएका आधारमा मूल्याङ्कन गर्नु त्यो गलत भयो,´ पाटीका अर्का पूर्व मधेस प्रदेश कमिटी सदस्यले भने, `पाटीका लागि नै रगत पसिना भिजाएका साथीहरूको लागी अन्याय भएको छ ।´

नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन् । अधिवेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुङ्ग्याएको बताउँदै अध्यक्ष मण्डलले छुटेका साथीहरूलाई १० प्रतिशतमा समेट्ने बताए ।

`विधानअनुसार १० प्रतिशत मनोनीत गर्न पाउने व्यवस्था छ,´ उनले भने,  `यस वाट पनि केही असन्तुष्टीहरु समाप्त हुनेछन् । उनका अनुसार पाटीले अगाडी सारेको मिसन २०८४ अभियानबाट विचलित नहुने र उद्देश्य प्राप्ति गरेर नै छाडने म्यान्डेट पाएकाले अबको ध्यान त्यतै लगिनेछ ।

उता, पूर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिवेशन भएको बताउँदै केही त्रुटि भएको हुनसक्ने बताए । `अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुनः चलायमान हुनेछ,´ उनले भने  । यद्यपि, पन्त पक्षधरहरूले भने पाटी कै कारण अख्तियारले अधिवेशनको अघिल्लो दिन मुद्दा  दायर गरेको आरोप लगाएका छन् ।

पूर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले एक प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडबाट उनी पछाडि हट्न बाध्य भएका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल