Skip to main content

Elite News Nepal

तेस्रो काष्ठमण्डप कपः बास्केटबल र फुटसलतर्फ फाइनल समीकरण पूरा

Advertisement

काठमाडौं ।तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलतर्फ फाइनल समीकरण पूरा भएको छ।

बास्केटबलको गल्र्सतर्फ आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय फाइनलमा प्रवेश गरेका छन्। मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको सेमिफाइनल खेलमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ ले पराजित गर्‍यो। अर्को सेमिफाइनलमा दीक्षालयले मातृभूमिलाई १९–१३ ले हराउँदै उपाधि भिडन्त पक्का गर्‍यो।

ब्वाइजतर्फ टीआईए र मातृभूमि फाइनलमा पुगेका छन्। टीआईएले बूढानीलकण्ठलाई ४४–२० ले पराजित गर्दा मातृभूमिले मल्पी सिटीमाथि ६०–३७ को जित दर्ता गर्‍यो।

फुटसलको सिनियर ब्वाइजतर्फ मातृभूमि फाइनलमा पुगेको छ। सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। फाइनलमा मातृभूमिले वेदव्याससँग प्रतिस्पर्धा गर्नेछ।

जुनियर ब्वाइज फुटसलतर्फ काष्ठमण्डप ‘ए’ र विद्यावाणी पाठशाला फाइनलमा पुगेका छन्। काष्ठमण्डप ‘ए’ ले पुष्पाञ्जलीलाई ३–० ले हरायो भने विद्यावाणीले एक्सेल्सियरलाई १–० ले पराजित गर्‍यो। सिनियर गल्र्स फुटसलमा रातो बंगला र एभीएम उपाधिका लागि आमनेसामने हुनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल