Skip to main content

Elite News Nepal

स्वर्ण विजेता सरिना घले युकेमा सम्मानित

Advertisement

साउन ४ – अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जित्दै नेपालको नाम उजागर गरेकी उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकेले विशेष सम्मान प्रदान गरेको छ।

नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार, सरिनाले बेलायतमा सम्पन्न डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी हुन्। उनले दुबै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेकी थिइन्।

उनको उत्कृष्ट उपलब्धिका लागि हालै सम्पन्न एनुअल समर गेट टुगेदर कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन्।

यो सम्मान पहिलेपटक मात्र होइन। सरिनाको यही उपलब्धिलाई आधार मानेर तमु धि समाज युके र मगर एसोसिएसन युकेले पनि यसअघि उनलाई सम्मान गरिसकेका छन्।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई यतिबेला युकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिना तेस्रो डान (Dan) स्तरकी उमा कुङफु खेलाडी हुन्। आगामी सेप्टेम्बर १८ देखि २१ तारिखसम्म युकेमै आयोजना हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी भइरहेको अध्यक्ष राईले जानकारी दिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल